Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपीको एमालेद्वारा संसदमा चर्को आलोचना

एसपीपीको एमालेद्वारा संसदमा चर्को आलोचना

  • बुधवार, आषाढ १ २०७९

  • 674
    SHARES

  • एसपीपीको एमालेद्वारा संसदमा चर्को आलोचना

    काठमाडौं । नेकपा एमालेले अमेरिकासँग सरकारले गर्ने भनिएको सैन्य साझेदारी प्रस्तावको आलोचना गरेको छ ।

    आज प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुखसँग समय मागेर एमाले सांसद प्रदीप ज्ञवालीले यो गठबन्धन दललाई सरकारमा बस्ने नैतिकता नभएको बताउनुभयो।

    उहाँले नेपाल र अमेरिकाबीच हुने भनिएको स्टेट पार्टनरसीप कार्यक्रमको विरोध गर्दै दुई देशबीच हुन लागेको भनिएको मस्यौंदा सार्वजनिक भएपछि नेपाली समाज चिन्तित र गम्भीर रुपले आशंकित भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो तहसम्म यो सरकार पुग्ला भनेर कसैले पनि अपेक्षा गरेको थिएन । नेपालको संविधान, नेपालको परराष्ट्रनीति, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्रनीति र विश्वशान्तिका मान्यताहरुलाई पालना गर्नु सरकारको दायित्व हो ।’


    ज्ञवालीले सरकारले हस्ताक्षर गर्न भनेर बाहिर आएको मस्यौँदाले अत्यन्तै गम्भीर प्रश्न उठाएको बताउनुभयो । उहाँले नेपाली सेनालाई एउटा देश अन्तर्गतको राज्यको गार्डसँग समकक्षी बनाउन खोजिएको बताउनुभयो। नेपालको प्रदेश प्रहरीसँग कुनै देशको राष्ट्रिय सेनाले समकक्षी मानेर सम्झौता गर्छ ? भन्दै ज्ञवालीले प्रश्न गर्नुभयो।

    भोलि अर्को छिमेकी देशले यही ढंगको सुविधा माग्यो भने नेपालले दिन्छ कि दिँदैन ? भन्दै उहाँले प्रश्न गर्नुभयो। भोलि अर्को देशले मलाई यो ठाउँमा एयरपोर्ट बनाउन देउ, मलाई लडाकु विमान उडाउन देउ भने दिन सकिन्छ ? भन्ने उहाँको प्रश्न थियो ।


    बुधवार, आषाढ १ २०७९०१:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij