Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किसानलाई जसरी पनि मल दिन सांसदको दबाब, कृषिमन्त्री भन्छन असार अन्तिमसम्म आउला की !

किसानलाई जसरी पनि मल दिन सांसदको दबाब, कृषिमन्त्री भन्छन असार अन्तिमसम्म आउला की !

  • सोमवार, जेठ ३० २०७९

  • 813
    SHARES

  • किसानलाई जसरी पनि मल दिन सांसदको दबाब, कृषिमन्त्री भन्छन असार अन्तिमसम्म आउला की !

    काठमाडौं । मानो छरेर मूरी उब्जाउने यो समय किसानका लागि निकै कष्टकर बनेको छ । यसवर्ष मौसमको साथ पाएका किसानलाई वर्षेनीको मल अभावको समस्याले भने गलाएको छ । धान रोप्ने समय नजिकिँदै जाँदा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् ।

    पाँच लाख भन्दा बढी मेट्रिक टन मल चाहिने नेपालमा अहिले सात हजार मेट्रिक टन मल मात्रै मौज्दात रहेकोमा त्यो हात्तीका मुखमा जिराजस्तै भएको छ ।

    आजको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरुले मल अभावको साझा समस्यालाई समाधान गर्नुपर्ने आवाज उठाएका थिए । प्रतिपक्षी दल नेकपा एमालेले मलको विषय सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

    बैठकमा बोल्दै सांसद विशाल भट्टराईले संसदमा कृषिमन्त्रीलाई नदेखेपछि बुझ्दा मल लिन जानुभएको खबर पाइएको र मलसहित फर्किने अपेक्षा गरेकोमा त्यो पूरा हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।

    देशमा मल कति आवश्यक छ भनी एकिन गरी भण्डारण गर्नुपर्ने सांसद दुर्गा पौडेलले बताउनुभयो । पहिला ठेक्का पाएका ठेकेदारहरुले समयमा मल नल्याएकोले कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    विगतमा अनियमितता नभएको भए कृषि सामाग्री केन्द्र लिमिटेडले टेण्डर नरोक्ने बताउँदै सांसद मीन विश्वकर्माले ठेकेदारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

    विदेशबाट मल आयात गर्दा ठूलो भ्रष्टाचार गर्न पाइने भएकोले कुनैपनि सरकारले मल कारखाना स्थापना नगरेको सांसद प्रेम सुवालको आरोप छ । उहाँले गठबन्धन सरकारले संयुक्त राष्ट्रसंघमा रुसको विरु

    बैठकमा बोल्दै सांसद पुष्पा भुसालले कोरोनाको समयमा मल आयात नहुँदा मलको हाहाकार भएको बताउँदै मलको विषयलाई साझा मुद्धाको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    सांसदहरुको जवाफ फर्काउँदै कृषि मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म मल नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

    त्यस्तै मन्त्री यादवले मल अभावको दीर्घकालीन समस्या समाधान गर्न उद्योग नै खोल्नुपर्ने भएकोले त्यसको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

    भारतले पनि नेपाललाई समयमै चाहिने मात्रामा मल नदिँदा झनै समस्या हुने गरेको छ ।


    सोमवार, जेठ ३० २०७९०८:००:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij