Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

किसान मल नपाएर छटपटाइ रहेका छन्, कृषिमन्त्री विदेश सयरमा : सांसद रावल

किसान मल नपाएर छटपटाइ रहेका छन्, कृषिमन्त्री विदेश सयरमा : सांसद रावल

  • सोमवार, जेठ ३० २०७९

  • 500
    SHARES

  • किसान मल नपाएर छटपटाइ रहेका छन्, कृषिमन्त्री विदेश सयरमा : सांसद रावल

    काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले कृषि तथा पशुुपन्छी विकासमन्त्री महेन्द्रराय यादव किसानको समस्यामा बेखबर भएर विदेश भ्रमण गएको आरोप लगाउनुभएको छ ।

    संसदमा नेकपा एमालेले पेश गरेको किसानलाई रासायनिक मल उपलब्ध गराउनेसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै सांसद रावलले किसानको समस्यामा बेखबर बस्ने कृषि मन्त्रीप्रति कृषकको तर्फबाट खेद प्रकट गर्ने पनि बताउनुभयो ।

    मानो रोपेर मुरी उब्जाउने बेला किसान मल नपाएर छटपटाइ रहेको तर कृषिमन्त्री किसानको समस्यामा कानमा तेल हालेर बसेको र विदेश भ्रमणमा गएको रावलको आरोप छ ।

    ‘जनताहरु अहिले सरकार खोजिरहेका छन् । कृषि मन्त्रीज्यू जनताको समस्यामा बेखबर हुनुहुन्छ, उहाँ विदेश सयरमा हुनुहुन्छ,’ रावलले भन्नुभयो, ‘किसान मलका लागि सिंहदरबार कुरेर बसेको बेला विदेश भ्रमणमा जाने मन्त्रीप्रति कृषकको तर्फबाट खेद प्रकट गर्दछु ।’

    सरकार किसानलाई मल उपलब्ध गराउन भन्दा कसरी कमिशन र भ्रष्टाचार गर्न पाइन्छ भनेर मुख ताकेर बसेको उनको आरोप थियो ।


    सोमवार, जेठ ३० २०७९०१:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij