एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजार ६०२ पुगेको छ । २ करोड २५ लाख ८५ हजार २२७ जना संक्रमित भएका छन भने ७ लाख ९१ हजार ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५७ लाख १ हजार १६२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ७६ हजार ३४२ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३४ लाख ६० हजार ४१३ जना संक्रमित भएकोमा १ लाख ११ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ । त्यहाँ २८ लाख ३७ हजार ७४९ जनामा संक्रमण भएकोमा ५४ हजार ४ भन्दा धेरैको ज्यान गएको छ ।