Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपामा दुई अध्यक्ष बनाउन दबाब, उपेन्द्र यादव भन्छन् त्यो सम्भव हुनै सक्दैन...

जसपामा दुई अध्यक्ष बनाउन दबाब, उपेन्द्र यादव भन्छन् त्यो सम्भव हुनै सक्दैन...

  • शनिवार, जेठ २८ २०७९

  • 986
    SHARES

  • जसपामा दुई अध्यक्ष बनाउन दबाब, उपेन्द्र यादव भन्छन् त्यो सम्भव हुनै सक्दैन...

    काठमाडौं । जनता समाजवादी पार्टी जसपामा दुई जना अध्यक्ष राख्नुपर्ने विषयमा शुरु भएको विवाद पुनः बल्झिएको छ । निर्वाचनअघि शुरु भएको विवाद चुनाव सकिएलगत्तै असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाट विधान संशोधन गर्ने सहमति भएपछि केही मत्थर भएको थियो ।

    असार आउनै लाग्दा विवाद शुरु हुन थालेको हो । जसपामा अब दुईजना अध्यक्ष रहने नसक्ने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो अडान कायम राखेपछि विवाद चर्किएको छ । तत्कालीन समयमा महन्थ ठाकूरका लागि सिर्जना गरिएको अध्यक्ष पद कसैले पनि नपाउने यादवको भनाइ छ ।

    अध्यक्ष यादवले पार्टीको महाधिवेशनले गर्ने निर्णयलाई स्वीकार्न सक्ने बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी एकताका लागि तयार भएमा मात्रै अध्यक्ष उसलाई दिन सकिने बताउनुभयो ।

    डा. बाबुराम भट्टराई निकट जसपाका कार्यकारिणी सदस्य प्रशान्त सिंहले विधानमा दुई अध्यक्ष राख्ने व्यवस्था रहेको र त्यसलाई कार्यान्वयन गर्दा उपेन्द्र यादवलाई समेत सहज हुने बताउनुभयो । अध्यक्ष यादव एकलौटी अगाडि बढ्न खोजे पार्टी दुर्घटनामा जानसक्ने उहाँको चेतावनी छ ।

    गत साल भदौमा महन्थ ठाकुरले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेपछि उहाँले ओगटेको अध्यक्ष पद खाली छ । खाली भएको पहिलो अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्नुपर्ने र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनु पार्टीमा दबाब बढेको छ ।

    गत फागुनमा बसेको केन्द्रीय समितिको बैठकले असार १ र २ गते विधान अविधेशन बोलाउने निर्णय गरेको थियो । यादव निकट नेताहरु भर्खरै चुनाव सकिएको र आर्थिक स्थितिको कारण पनि तत्काल विधान अधिवेशन बोलाउन सकिने अवस्था नभएको बताउँछन् ।


    शनिवार, जेठ २८ २०७९०७:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij