Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

  • शनिवार, जेठ २८ २०७९

  • 772
    SHARES

  • विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने
    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । 
     
    शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन ? आज यो खतरा पैदा भएको छ ।’
     
    आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको स्मरण गराउँदै पुनले अहिले पनि सहमति पालनामा सरकार उदासीन देखिएको गुनासो पोख्नुभयो ।
     
    उहाँले भन्नुभयो,‘राज्यले अझै पनि हाम्रा जेलमा रहेका साथीहरूलाई रिहाइ गरेको छैन, कतै अझै पनि राज्यले युद्ध त चाहेको छैन, यदि यस्तै चाहेको हो भने हामी त्यो बाटो अपनाउन पनि तयार छौँ ।’
     
    सङ्गठनको केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तीव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज मात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरू सो समितिमा प्रवेश गरेका छन् ।  
     


    शनिवार, जेठ २८ २०७९०३:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij