काठमाडौं । कमेडी सिरियल मालामालको पहिलो भाग शुक्रबार प्रशरण भएको छ । अब दर्शकहरुले मालामाल नियमित हरेक शुक्रबार हेर्न पाउने छन् ।
ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सिरियलको निर्देशक कलाकार, लेखक तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका हुन् ।
सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्ने दाबी यसका परिकल्पनाकार तिलक कोइरालाको रहेको छ ।
यसमा अभिनय गर्ने कलाकारहरु राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइराला आदि रहेका छन् भने नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ ।
दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा सङ्गीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको छ ।