Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु

मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु

  • शुक्रवार, जेठ २७ २०७९

  • 627
    SHARES

  • मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु
    काठमाडौं । अमेरिकाको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।  एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो ।  राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरिल्याण्ड गभर्नर ल्यारी होगनले बताएका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन् ।
     
    आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २ : ३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।
     
    गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड-१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् । 
     
    यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् ।  उक्त अवधिमा अमेरिकामा  कम्तीमा एकसय १० गोलीबारी भएका छन् । 


    शुक्रवार, जेठ २७ २०७९०५:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij