Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १४.६४ अंकको गिरावट, कारोबार  १ अर्ब भन्दा कममा सीमित

नेप्सेमा १४.६४ अंकको गिरावट, कारोबार  १ अर्ब भन्दा कममा सीमित

  • शुक्रवार, जेठ २७ २०७९

  • 743
    SHARES

  • नेप्सेमा १४.६४ अंकको गिरावट, कारोबार  १ अर्ब भन्दा कममा सीमित
    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार(आज) शेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । 
     
    आज कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । आज बजार २०४८।१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएको छ ।
     
    आज कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । आज सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए ।
     
    आज उपकार लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । बलेफी हाइड्रोको मूल्य समेत ९.९८ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ ।


    शुक्रवार, जेठ २७ २०७९०३:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij