Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमाले महासचिव पोखरेलको दाबी : तालमेल हुनसक्छ, गठबन्धन हुँदैन !

एमाले महासचिव पोखरेलको दाबी : तालमेल हुनसक्छ, गठबन्धन हुँदैन !

  • बिहिवार, जेठ २६ २०७९

  • 908
    SHARES

  • एमाले महासचिव पोखरेलको दाबी : तालमेल हुनसक्छ, गठबन्धन हुँदैन !
    काठमाडौं । एमाले महासचिव शङ्कर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्न सक्ने भएपनि गठबन्धन नगर्ने बताउनुभएको छ । 
     
    महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरूले केपी ओली र एमालेलाई कमजोर बनाउने घोषित नीति नै लिएकाले ती दलहरूसँग तालमेलको सम्भावना नदेखिएको बताउनुभयो । 
     
    ‘सत्ता गठबन्धनमा रहेका दलहरू एमाले र केपी ओलीलाई जसरी पनि कमजोर बनाउने घोषित नीतिमा छन् । त्यस्तो अवस्थामा उहाँहरूसँग तालमेल कसरी हुनसक्छ र ?’ महासचिव पोखरेलको प्रश्न छ ।  
     
    अघिल्लो स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये २९२ पालिका जितेको एमालेले २०७९ को निर्वाचनमा २०५ पालिका जितेको छ । तर, एमालेले पालिकाको संख्या घटे पनि लोकप्रिय मत नघटेको दाबी गरेको छ ।
     
    पार्टी निर्वाचन विभागमार्फत स्थानीय तह निर्वाचन नतिजाको मिहिन समीक्षा गरिरहेको एमालेले सिट संख्या घटे पनि जनमत नघटेको विश्लेषण गर्दै आएको छ । पार्टीको निर्वाचन विभागले समग्र स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि अब बस्ने सचिवालय र स्थायी कमिटी बैठकमा छलफल गर्ने एमालेको तयारी छ । 
     


    बिहिवार, जेठ २६ २०७९०६:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij