Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना कहर : २४ घण्टामा पाँचहजार बढी संक्रमित थपिए

भारतमा कोरोना कहर : २४ घण्टामा पाँचहजार बढी संक्रमित थपिए

  • बुधवार, जेठ २५ २०७९

  • 647
    SHARES

  • भारतमा कोरोना कहर : २४ घण्टामा पाँचहजार बढी संक्रमित थपिए

    काठमाडौं । भारतमा २४ घण्टाको समयावधीमा थप पाँच हजार २ सय ३३ जना कोरोना संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

    यसअघिको २४ घण्टामा भारतमा थप तीन हजार ७ सय १४ जनालाई कोरोना संक्रमण भएको थियो । मंगलबार वृद्धि भएका यो कोरोना संक्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो संख्या फेब्रुअरी १८ यताकै उच्च हो ।

    सोमबारको तुलना मंगलबार कोरोना संक्रमणमा ४१ प्रतिशतले वृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय संक्रमित संख्या २८ हजार ८ सय ५७ रहेका छन् । सक्रिय संक्रमितको यो संख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको शून्य दशमलव शून्य ७ प्रतिशत भएको जनाइएको छ ।

    सोमबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन जार ३ सय ४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल संख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलव ७२ प्रतिशत रहेको छ ।

    भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४ सय १६ हजार खोप लगाइएको छ ।


    बुधवार, जेठ २५ २०७९०३:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij