Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्षैपिच्छे मल भन्दै किसानको दुर्दशा छ : गगन थापा

वर्षैपिच्छे मल भन्दै किसानको दुर्दशा छ : गगन थापा

  • बुधवार, जेठ २५ २०७९

  • 1.3K
    SHARES

  • वर्षैपिच्छे मल भन्दै किसानको दुर्दशा छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले वर्षैपिच्छे मलको अभाव हुँदा किसान मारमा परेको बताउनुभएको छ । सरकारले मलको समस्या समाधान गर्न नसकेको प्रति उहाँको दुखेसो छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएको दाबी गर्नुभयो । थापाले यो वर्ष किसानले आवश्यक पर्ने मल नपाउने निश्चित भएको पनि बताउनुभयो ।

    जेठ र असारमा २ देखि ३ लाख मेट्रिक टन मल चाहिनेमा कृषि मन्त्रालयले वक्तव्य निकालेर असारसम्म १ लाख ९२ हजार मेट्रिक टन आउने भनेको स्मरण गर्नुभयो ।

    थापाले भन्नुभयो, ‘सभामुख महोदय, आउँदैन, आउन सक्दै सक्दैन । अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । ६०–७० हजार मेट्रिक टन आउँछ भनिएको छ । २० हजार बाटोमा छ । दिनको २ हजार मेट्रिक टनभन्दा बढी आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको साल पनि मनसुन राम्रो भयो मलको कारणले गर्दा हामीलाई ठूलो घाटा भयो ।’

    प्रत्येक वर्ष दोहोरिने मलको हाहाकार हटाउन सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने थापाको सुझाव थियो ।


    बुधवार, जेठ २५ २०७९०२:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij