Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केही काम अपूरा छन्, सकेर फर्किन्छुँ : झाँक्री (भिडियोसहित)

केही काम अपूरा छन्, सकेर फर्किन्छुँ : झाँक्री (भिडियोसहित)

  • बुधवार, जेठ २५ २०७९

  • 704
    SHARES

  • केही काम अपूरा छन्, सकेर फर्किन्छुँ : झाँक्री (भिडियोसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पार्टीले गलत समयमा मन्त्री फिर्ता बोलाउने निर्णय गरेको बताउनुभएको छ । छापामार शैलीमा मन्त्री फिर्ता बोलाउने निर्णयमा झाँक्रीको आपत्ति छ ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले पार्टीको निर्णयलाई भने सम्मान गर्ने बताउनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालले मात्रै चाहेर मन्त्री फिर्ता बोलाउने निर्णय नभएको बताउँदै झाँक्रीले यसमा पार्टीका अन्य नेताहरुले खेलेको आरोप लगाउनुभयो ।

    आफू पनि पार्टीको जिम्मेवार कार्यकर्ता रहेको उल्लेख गर्दै मन्त्री झाँक्रीले एक शब्द नसोधी यस्तो निर्णय भएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । अबको बाँकी दिन मन्त्रालयका अपूरा काम गर्ने र केही दिनमै फिर्ता हुने उहाँको भनाइ छ ।


    बुधवार, जेठ २५ २०७९०१:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij