Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रीको शपथ रोकिएकोबारे माधव नेपालले खोले मुख

मन्त्रीको शपथ रोकिएकोबारे माधव नेपालले खोले मुख

  • मंगलवार, जेठ २४ २०७९

  • 2.1K
    SHARES

  • मन्त्रीको शपथ रोकिएकोबारे माधव नेपालले खोले मुख
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउनुभएको छ ।
     
    पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार(आज) सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनुभएको हो । 
     
    नेता नेपालले टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले नमान्ने कुरै नभएको दाबी गर्नुभयो । उहाँले पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा भएको बताउनुभएको छ ।
     
    एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषद्मा छन् ।
     
    उनीहरूलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ ।
     


    मंगलवार, जेठ २४ २०७९०३:३५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij