Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जना पक्राउ

बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जना पक्राउ

  • मंगलवार, जेठ २४ २०७९

  • 1.1K
    SHARES

  • बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जना पक्राउ
    काठमाडौं । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।
     
    नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको नेपाल बताउनुभयो ।  ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरु भइसक्यो’, एसपी शाहले भन्नुभयो ।
     
    सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।
     
    सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।
     


    मंगलवार, जेठ २४ २०७९०२:३०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij