Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीयताले विदा हुने साइत कुरेको छ : चित्रबहादुर केसी

संघीयताले विदा हुने साइत कुरेको छ : चित्रबहादुर केसी

  • बिहिवार, भाद्र ४ २०७७

  • 2.5K
    SHARES

  • संघीयताले विदा हुने साइत कुरेको छ : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले आफु विदा हुने साईत कुरेर बसेको बताउनुभएको छ । संघीयता कति आवश्यक रहेछ र कति प्रभावकारी भएको छ भन्ने कुरा अहिले कोरोना महामारीका बेला जनताले राम्रोसँग महसुस गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “संघीयताकति आवश्यक रैछ, संघीयताले कति सहयोग गर्यो र संघीयता कति सफल भयो भन्ने कुरा विचल्ली परेका र दुःख पाएकाहरुलाई सोधे हुन्छ ।”

    मुलुकमा संघीयता लागु गरेकाले के कस्ता परिणाम आइरहेका छन् भन्ने बारेमा जनताले राम्रैसँग थाहा पाएको उहाँको भनाई छ ।
    कोरोना महामारीको बेलामा प्रदेश सरकारले के गरेको छ, यसको भूमिका कत्तिको देखिएको छ भन्ने कुरा पनि जनताले राम्रैसँग महसुस गरेको नेता केसीले दावी गर्नुभयो ।

    जनता क्वारेन्टाइनमा आत्महत्या गर्न वाध्य हुनुले पनि सरकारको भूमिका प्रष्ट भएको उहाँको तर्क छ । आपत विपदका बेलामा सरकारले कति सहयोग गरेको भन्ने कुरा पिडित जनताले मज्जाले महसुस गरेको भन्दै उहाँले सरकारको कामप्रति व्याङ्ग्य गर्नुभयो ।

    संघीयता केही मानिसहरुलाई एकदमै फलिफाप भएको बताउदै उहाँले भन्नुभयो, “संघीयता कै कारणले भ्रष्टाचार गर्न पाएका छन्, मोजमस्ती गर्न पाएका छन्, जागिर खाएका छन्, फाईदा उठाएका छन्, कमिसन खाएका छन्, अनि उनीहरुले संघीयता आवश्यक छ त भन्ने नै भएनी ।”

     

     


    बिहिवार, भाद्र ४ २०७७०७:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij