Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पदाधिकारी चयनको तयारीमा माओवादी, महासचिवमा वर्षमान र जनार्दनको रस्साकस्सी 

पदाधिकारी चयनको तयारीमा माओवादी, महासचिवमा वर्षमान र जनार्दनको रस्साकस्सी 

  • आइतवार, जेठ २२ २०७९

  • 1.2K
    SHARES

  • पदाधिकारी चयनको तयारीमा माओवादी, महासचिवमा वर्षमान र जनार्दनको रस्साकस्सी 
    काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)मा आउँदो असार १५ गते पदाधिकारीको टुंगो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
     
    गएको मंसिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो । उपाध्यक्षसहित अरू पदाधिकारीको चयन भएको छैन ।
     
    महासचिवमा नेता वर्षमान पुन र जनार्दन शर्माको दाबी हुँदा मिलाउन समस्या भएको बताइन्छ । सोही कारण पदाधिकारी चयन प्रक्रिया प्रभावित भएको बताइने गरेको छ ।
     
    पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेका छन् । देशभर दुवै नेताका समूह तल्लो तहसम्मै सक्रिय छ ।
     
    पदाधिकारी चयन नहुँदा माओवादी केन्द्रको आलोचना हुँदै आएको छ । एक पूर्वस्थायी कमिटी सदस्यका अनुसार पदाधिकारी चयनमा मुख्य सकस महासचिव पदमै देखिएको छ ।
     


    आइतवार, जेठ २२ २०७९०५:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij