Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सबै मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय, यी हुन फिर्ता हुने मन्त्री !

सबै मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय, यी हुन फिर्ता हुने मन्त्री !

  • आइतवार, जेठ २२ २०७९

  • 1.3K
    SHARES

  • सबै मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय, यी हुन फिर्ता हुने मन्त्री !
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ ।
     
    नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि नै निर्णय कार्यान्वयन गर्ने तयारी छ । 
     
    पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ । 
     
    नेकपा (एस)ले सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन ।


    आइतवार, जेठ २२ २०७९०३:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij