Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • आइतवार, जेठ २२ २०७९

  • 601
    SHARES

  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

    एजेन्सी । उत्तर कोरियाले पूर्वी तटमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए ।

    आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तरउन्नती गरेको छ । उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’ सीउलका जोइन्ट चिफ अफ स्टाफले आईतबार भने ।

    उत्तर कोरियाबाट व्यालिस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने रक्षा मन्त्रालयलाई उदृत गर्दै जापानको तटीय गार्डले जनाएको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

    तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ । आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ ।


    आइतवार, जेठ २२ २०७९११:४०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij