काठमाडौं । चन्द्र प्रसाईँ ‘परिष्कृत’ को ‘फुर्के मदानाी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार तथा गीतकार सन्तोष श्रेष्ठ र गायिका शान्ति श्री परियारको स्वर रहेको छ ।
गीतमा चन्द्र प्रसाईँ ‘परिष्कृत’ को शब्द रहेको छ भने सन्तोष श्रेष्ठ संगीत भरेका छन् । हरिश निरौला ‘कक्रोज’ र करिश्मा ढकालको अभिनय रहेको गीतमा माया गरेका दुई प्रेमिबीचको प्रेम सम्बन्धलाई मुख्य कथालाई बनाएर प्रस्तुत गरिएको छ ।
मौसम हिमालीले निर्देशन गरेको गीतलाई प्रसाई सन इन्टरटेन्मेन्टको नामक अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=AllctZmRlPw