Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छः नेता महर

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छः नेता महर

  • शुक्रवार, जेठ २० २०७९

  • 543
    SHARES

  • पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छः नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

    राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ को कार्यक्रममा प्रमुख आतिथिका रुपमा सम्बोधन गर्दै नेता महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको भनाइ स्मरण गर्दै महरले कुनै वर्ग जातीलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताउनुभयो। सबै जाति भूगोल र समाजको एकीकृत विकास नै कांग्रेसको अवधारणा रहेको उहाँको भनाइ थियो ।

    ०६२/०६३ बाट मुख्य उपलब्धीको रुपमा प्राप्त नेपालको संविधान २०७२ मा उल्लेख गरिएको समावेशिता वैधानिक रुपमा लागू गराउने पार्टी कांग्रेस रहेको भन्दै नेता महरले समाजको विकास र रुपान्तरणका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । संस्थालाई व्यक्ति हीत भन्दा पनि संस्थाको उद्धेश्यमा केन्द्रीत गराउनुपर्ने उहाँको धारणा छ ।

    नेता महरले नेपालमा वैधानिक रुपमा समावेशी प्रणााली लागू गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाइ थियो ।

    नेविसंघको अध्यक्ष हुँदा देखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरु गरिबगुरुवाका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा महरले उठाउदै आएका छन् ।


    शुक्रवार, जेठ २० २०७९०३:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij