Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धन हिलोको किलो भयो, विकल्प सोचौं : बाबुराम

गठबन्धन हिलोको किलो भयो, विकल्प सोचौं : बाबुराम

  • शुक्रवार, जेठ २० २०७९

  • 1.0K
    SHARES

  • गठबन्धन हिलोको किलो भयो, विकल्प सोचौं : बाबुराम

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

    विपरीत वैचारिक९राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने भन्दै यस्ले देश र जनाको हित नगर्ने उहाँले बताउनुभएको हो ।

    लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिनिम्ति गम्भीर ढंगले विकल्प सोच्नुपर्नेमा उहाँको जोड छ ।

    सामाजिक सञ्जाल ट्वीटमा बाबुरामले लेख्नुभएको छ,'विपरित वैचारिक९राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धि निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।'


    शुक्रवार, जेठ २० २०७९११:१३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij