Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा थप १८ अंकको गिरावट, कारोबारमा पनि ठुलो संकुचन 

नेप्सेमा थप १८ अंकको गिरावट, कारोबारमा पनि ठुलो संकुचन 

  • बिहिवार, जेठ १९ २०७९

  • 713
    SHARES

  • नेप्सेमा थप १८ अंकको गिरावट, कारोबारमा पनि ठुलो संकुचन 
    काठमाडौं । सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झरेको छ । 
     
    काठमाडौं । सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झरेको छ । 
     
    आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठुलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । 
     
    कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । यस दिन सबैभन्दा बढी निर्जीवन बीमा र अन्य समूहको उपसूचक समान १.५६ प्रतिशतले घट्न पुगेको छ ।

    बिहिवार, जेठ १९ २०७९०५:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij