काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः ताला लगाएको छ । ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाएका छन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कु–चेष्टा गर्नु आफैमा खेदजनक छ ।’
उनीहरूले केन्द्रीय कार्यालयमा तालाबन्दी यथावत् रहेको जानकारी दिँदै अन्यथा नेविसंघ सशत्तः प्रतिकारमा उत्रने र उत्पन्न परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यालय हुने चेतावनी दिएका छन् ।
माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए । ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलले ताला तोडेको टाँस गरिएको विज्ञप्तिमा उल्लेख गर्नुभए थियो ।
विज्ञप्ति !