एजेन्सी । कोरोना भाइरस संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ ।
मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले आज विज्ञप्ति जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जनाएको छ ।
भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले निगरानी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।