काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसलाई कडा चेतावनी दिनुभएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसले अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिनुभएको हो ।
विगतमा एमालेले अहंकार बढाउँदा आफूहरूले ठेगान लगाइदिएको स्मरण गराउँदै प्रचण्डले कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताउनुभयो ।