Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आङकाजी शेर्पा भन्छन्, ‘राष्ट्रिय झण्डा जलाउन मातृभूमिको केक काटेर खाने केपी ओलीले उत्प्रेरित गरेका हुन्’

आङकाजी शेर्पा भन्छन्, ‘राष्ट्रिय झण्डा जलाउन मातृभूमिको केक काटेर खाने केपी ओलीले उत्प्रेरित गरेका हुन्’

  • मंगलवार, भाद्र २ २०७७

  • 4.1K
    SHARES

  • आङकाजी शेर्पा भन्छन्, ‘राष्ट्रिय झण्डा जलाउन मातृभूमिको केक काटेर खाने केपी ओलीले उत्प्रेरित गरेका हुन्’


    काठमाडौँ – नेपालको राष्ट्रिय झण्डा जलाउँदै बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीत सार्वजनिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नाम दिइएको म्युजिक भिडिओ सार्वजनिक भएको थियो, जसमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्य देखाउनुका साथै बाहुन क्षेत्रीलाई आदीबासीका दुश्मनका रुपमा प्रस्तुत गरिएको छ ।

    प्रहरीले यो म्युजिक भिडिओ बनाउने क्यामेराम्यान इजास लिम्बुलाई काठमाडौँबाट पक्राउ गरेको हो । भिडियोका गायक गेल्जङ दोर्जे तामाङसहित संलग्न अन्यलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

    नेपालको राष्ट्रिय झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो । भिडियोमा राष्ट्र निर्माता पृथ्वी नारायण शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ ।

    यो कार्यमा जातीय घृणा फैलाएको र राष्ट्रिय झण्डाको अपमान गरेको गरी दुईवटा कानुन आकर्षित हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो । नेपालको झण्डा जलाउनेलाई तीन वर्ष कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको त्रिपाठीले बताउनुभयो ।

    राष्ट्रिय झण्डा जलाएर कुनै एक सम्प्रदायलाई गाली गर्दै जातीय घृणा फैलाउने कार्यमा संलग्न यो गिरोहलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले तत्काल यो गीत बन्द गरी संलग्न गिरोहलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

    तर यो समाचार तयार पार्दासम्म प्रहरीले गिरोहका एकजनालाई मात्रै पक्राउ गर्न सकेको छ । देशको झण्डा जलाउने गम्भीर अपराधमा संलग्न यो गिरोहलाई तत्काल पक्राउ गरी देशद्रोहको मुद्दा चलाउन सांसद राजेन्द्र लिंदेलले माग गर्नुभयो ।

    पछिल्लो समय लोक गीतहरुमा सुद्धिकरण अभियान चलाइरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, गीत संगीतमा छाडापन भित्रिनुमा राज्य नै दोषी रहेको बताउनुहुन्छ । नेपालको झण्डा नै जलाएका दृष्यहरु देखाएर गीत निर्माण गर्दा समेत राज्य निरिह देखिनु सम्पूर्ण नागरिकका लागि अत्यन्तै पीडादायी अवस्था रहेको उहाँले बताउनुभयो ।

    कडा भन्दा कडा कानुनको निर्माण गरी त्यसको प्रभावकारी कार्यान्नवयन गर्न सके मात्रै बिकृति रोक्न सकिने उहाँको तर्क छ । झण्डा जलाएर तथा अपाच्य शब्द प्रयोग गरेर गीत बनाउनेहरुलाई उनीहरुका तीन पुस्ताले सम्म सम्झने गरी कारबाही गर्न उहाँले माग गर्नुभयो ।

    सोमबार साँझ ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतका भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै देशै छाडेर जान धम्की दिइएको छ । गीतका कतिपय शब्दहरु त यहाँ उच्चारण समेत गर्न सकिने अवस्था छैन । समाचार तयार पार्दासम्म यो गीत युट्युबमा झण्डै चारलाख पटक हेरिएको छ भने ८० हजार भन्दा धेरैले डिसलाइक गरेका छन् ।

    गीतमा २५ सय जनाले लाइक गरेका छन् । कमेन्ट गर्न अधिकांशले राष्ट्रिय झण्डा जलाउने दृष्य देखाइएको गीत निर्माण गर्न सबैलाई कडा भन्दै कडा कानुुनी कारबाहीको माग गरेका छन् । आदीबासी नेता आङकाजी शेर्पाले पनि यो गीत बनाउनेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । तर सँगसँगै जन्मदिनको केकमा नेपालको नक्सा काटेर खाने प्रधानमन्त्री केपी ओलीलाई पनि कारबाही हुनुपर्ने उहाँको तर्क छ । नक्सा काटेर खाने प्रधानमन्त्रीको सिको गर्दै राष्ट्रिय झण्डा जलाइएको यो गीत तयार पारिएको उहाँको दाबी छ ।

    नेपालमा गीत संगीतमा नांगोपना देखिएको यो नौलो घटना भने होइन । तर राज्यको उदासिन चरित्रका कारण यस्तो बिकृतिमा संलग्नहरुलाई दण्ड सजाय भएका उदाहरण भने छैनन् ।

    पछिल्लो समय ¥याप गीतका नाममा छाडा शब्द प्रयोग गर्ने प्रचलन बढिहेको छ । ¥यापर भिटेनका यस्तै खालका गीतहरुमा लगाम लगाउनुपर्छ भन्ने आवाज उठ्दा अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजिएको ढंगले केही बुद्धिजिविहरु विरोधमा उत्रेका थिए । त्यसकै परिणामस्वरुप अहिले राष्ट्रिय झण्डा जलाएर गीत तयार पारिएको हो भन्ने ढंगको बहसले पनि व्यापकता पाएको छ ।


    मंगलवार, भाद्र २ २०७७०७:४८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij