Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदै 

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदै 

  • शनिवार, जेठ १४ २०७९

  • 555
    SHARES

  • भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदै 
    एजेन्सी । भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँ दिल्लीमा हुने भएको छ । वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्या बारेमा छलफल हुनेछ ।
     
    प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँ दिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन् । दुवै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन् ।
     
    त्यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचार विमर्श गर्ने अपेक्षा गरिएको छ। 
     
    पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँ दिल्ली पुग्ने सोमबार र मंगलबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
     
    पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्नेछ ।
     


    शनिवार, जेठ १४ २०७९०४:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij