Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक सुरु, नीति तथा कार्यक्रम पारित हुने

प्रतिनिधिसभा बैठक सुरु, नीति तथा कार्यक्रम पारित हुने

  • शनिवार, जेठ १४ २०७९

  • 498
    SHARES

  • प्रतिनिधिसभा बैठक सुरु, नीति तथा कार्यक्रम पारित हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

    संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।

    शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

    नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

    प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।


    शनिवार, जेठ १४ २०७९११:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij