Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रुस निरन्तर रुपमा युक्रेनको दोनबासतर्फ बढ्दै छ : जोनसन

रुस निरन्तर रुपमा युक्रेनको दोनबासतर्फ बढ्दै छ : जोनसन

  • शनिवार, जेठ १४ २०७९

  • 491
    SHARES

  • रुस निरन्तर रुपमा युक्रेनको दोनबासतर्फ बढ्दै छ : जोनसन

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् ।

    ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठूलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भने ।'

    रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दगरगाह सहर मारिओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

    मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएका छन् ।


    शनिवार, जेठ १४ २०७९०८:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij