Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपमेयरमा निर्वाचित भएपछि सुनिता डंगोलले दिईन् यस्तो प्रतिक्रिया !

उपमेयरमा निर्वाचित भएपछि सुनिता डंगोलले दिईन् यस्तो प्रतिक्रिया !

  • शुक्रवार, जेठ १३ २०७९

  • 541
    SHARES

  • उपमेयरमा निर्वाचित भएपछि सुनिता डंगोलले दिईन्  यस्तो प्रतिक्रिया !
    काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 
     
    शुक्रवार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया समेत दिइन् ।
     
    आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरूलाई आह्वान गरिन् । उपमेयर डंगोलले आफूहरूको जीतले युवाहरूमा आशाको द्विप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन् ।
     
    उनले भनिन्, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई इमानदारितापूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिबद्धता पनि यहाँहरू माझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरूले युवाहरूलाई विश्वास गर्नुभएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केही न केही आशाको किरण, आशाको द्वीप थपि दिएको छ । र, यो आशाको द्वीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरूलाई पनि साथ दिनुपर्छ । एक/अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठ्नुपर्छ । म भन्ने शब्दभन्दा माथि उठ्नुपर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खबरदारी गर्नुहोला ।’
     
    उपमेयर डंगोलले एक/अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन् । उनले आफूहरूबाट गल्ती हुन नदिन आम मतदाताले खबरदारी गरिरहने विश्वास समेत व्यक्त गरिन् ।
     


    शुक्रवार, जेठ १३ २०७९०१:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij