Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुढीगंगाको निर्वाचन विवाद अदालतमा

बुढीगंगाको निर्वाचन विवाद अदालतमा

  • शुक्रवार, जेठ १३ २०७९

  • 483
    SHARES

  • बुढीगंगाको निर्वाचन विवाद अदालतमा

    काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवाद अदालतमा पुगेको छ ।

    एमालेले उच्च अदालत दिपायलमा मतगणनाको माग राखी दिएको निवेदनमा दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । निर्वाचन आयोगले फेरि मतदानको निर्णय गरेपछि सर्वोच्च अदालतमा समेत रिट निवेदनको तयारी भएको छ ।

    ३० वैशाखमा निर्वाचन भएपछि बुढीगंगाका निर्वाचन अधिकृतले मतगणना गर्ने वा फेरि निर्वाचन गर्ने भन्नेवारे निकास दिन निर्वाचन आयोगमा पत्राचार गरेका थिए । त्यसपछि उनी फिर्ता भए । निर्वाचन आयोगले स्थलगत टोली पठायो ।

    निर्वाचन सकिएको दुई साता बितिसक्दा पनि मतगणना नभएको भन्दै एमालेका मेयर उम्मेदवार राम बहादुर बानियाले उच्च अदालत दिपायलमा निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए । रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    निर्वाचन आयोगले बिहीबार नै बाजुरामा फेरि मतदान गर्ने निर्णय गर्‍यो । निर्णय विरुद्ध एमालेले सर्वोच्च अदालतमा कानूनी उपचार खोज्ने तयारी थालेको छ । ‘त्यो निर्णय विरुद्ध बुढीगंगा नगरपालिकाका मतदाता सर्वोच्च अदालत जाने तयारी छ’, एमाले बाजुराका नेता कर्ण थापाले भने, ‘आफूले व्यक्त गरेको मत गणना नभई खेर जाने र फेरि मतदान गर्ने काम स्वीकार्य हुँदैन । मतदाताले कानूनी उपचार खोज्छन् ।’

    बाजुरामा एमाले र कांग्रेसले एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाएका छन् । कांग्रेसले दुईवटा वडामा बुथ क्याप्चर गरेको एमालेको आरोप छ । एमालेले ४ वटा बुथ क्याप्चर गरेको कांग्रेसको आरोप छ ।

    एमालेले महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदको दुरुपयोग गरेर सुरक्षा निकायका अधिकारीहरूलाई दिउँसो नै मतदान केन्द्रबाट फिर्ता बोलाई जथाभाबी मत खसालेको आरोप एमालेले लगाएको छ ।

    सत्ताको दुरुपयोग गरेर कांग्रेसले जथाभाबी मत खसालेको आरोप लगाउने एमालेले भने त्यहाँ फेरि मतदान नगरी मतगणना गर्नु पर्ने माग राखेको छ ।


    शुक्रवार, जेठ १३ २०७९०१:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij