Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ घाइते

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ घाइते

  • शुक्रवार, जेठ १३ २०७९

  • 727
    SHARES

  • इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ घाइते

    एजेन्सी । इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् ।

    घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ ।

    व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फँसेकाहरूका उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ ।

    इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

     


    शुक्रवार, जेठ १३ २०७९०८:०६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij