काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ ।
सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने सङ्केत नीति तथा कार्यक्रमले गरेको छ । सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अङ्कले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरूमा मिश्रित परिणाम देखिएको छ ।
बैङ्किङ, व्यापार, निर्जीवन बिमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बिमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो । अन्य उपसमूह भने राताम्य भयो ।
बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ ।