Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरमा एकीकृत समाजवादीबाट पहिलो वडाध्यक्ष बने डङ्गोल

काठमाडौं महानगरमा एकीकृत समाजवादीबाट पहिलो वडाध्यक्ष बने डङ्गोल

  • बिहिवार, जेठ १२ २०७९

  • 372
    SHARES

  • काठमाडौं महानगरमा एकीकृत समाजवादीबाट पहिलो वडाध्यक्ष बने डङ्गोल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ ।

    महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डङ्गोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादीबाट डङ्गोल काठमाडौं महानगरका वडामा विजयी हुने एक मात्र उम्मेदवार हुन् ।

    निर्वाचित डङ्गोलले तीन हजार ४७६ मत पाएका छन् । डङ्गोलले कांग्रेसका उम्मेदवार जीवन डङ्गोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डङ्गोलले एक हजार ३९३ मत ल्याए ।

    ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साह (बालेन) ले दुई हजार १०६ मत पाएका छन् । एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याइन् ।


    बिहिवार, जेठ १२ २०७९०२:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij