Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधवको पार्टी नामको 'बामपन्थी' कामको 'कांग्रेसभक्ति' : बस्नेत

प्रचण्ड-माधवको पार्टी नामको 'बामपन्थी' कामको 'कांग्रेसभक्ति' : बस्नेत

  • बिहिवार, जेठ १२ २०७९

  • 818
    SHARES

  • प्रचण्ड-माधवको पार्टी नामको 'बामपन्थी' कामको 'कांग्रेसभक्ति' : बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पाँचदलिय गठबन्धन लाभको गठबन्धन मात्रै भएको बताउनुभएको छ ।

    स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन पाँचदलिय नभएर कांग्रेस–माओवादीको मात्रै भएजस्तो देखिएको दाबी गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने,“पाँचदलिय गठबन्धन लाभको गठबन्धन जस्तो मात्र देखियो, निर्वाचनको मत परिणाम हेर्ने हो भने गठबन्धन पाँच दलिय नभएर कांग्रेस–माओवादीबीचको तालमेल र साँठगाँठ जस्तो मात्रै देखियो ।”

    अब बाम पार्टीबीच नभएर मधेशवादी दलहरुसँग सहकार्य गर्न थाल्नुभयो होइन भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बस्नेतले भने,“अब नेपालका को बामपन्थी पार्टी ठ्याक्कै बामपन्थी हुन् भन्न गाह्रो छ, प्रचण्ड र माधव नेपालको पार्टी नामको बामपन्थी कामको कांग्रेस भक्ति जस्तो छन् ।”

    मधेसका समस्या समधानमा ध्यान दिने पार्टी एमाले नै हो भन्ने बुझिसके पछि मधेशवादी दलहरुसँग पार्टीको सम्बन्ध सुमधुर भएको उनले बताएका छन् ।


    बिहिवार, जेठ १२ २०७९०७:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij