Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार नजिक

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार नजिक

  • शुक्रवार, आषाढ १९ २०७७

  • 1.6K
    SHARES

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार नजिक

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ । बिहीबार मात्रै ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ हजार ९३३ पुगेको हो । पछिल्लो १० दिनयता सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दो छ ।

    संक्रमतिमध्ये ६७९ जना महिला र २ हजार २५४ पुरुष छन् । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना निको भएर ५६१ जना डिस्चार्ज भएका छन् ।

    संक्रमितमध्ये कैलालीका ८७४ कञ्चनपुरका ३५१, अछामका २८८, डडेल्धुराका २३०, दार्चुलाका १७ जना छन् । बझाङका १२७, बैतडीका २३६, डोटीका ४७३ र बाजुराका ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख ३४ हजार ८८९ जनाको परीक्षण गरिएको छ भने २४ हजार ६७५ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७११:५०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij