काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा गठबन्धनको सहयोगका कारण कांग्रेसको धेरै सिट आएको बताएका छन् ।
पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा मन्त्री खाँडले आगामी संघीय र प्रादेशिक निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।
खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको जिकिर गरेका छन् । खाणले बधाई दिँदै गठबन्धनको मर्मअनुसार गाउँ र जनताको सेवा गर्न गर्न मल्ललाई सुझाव समेत दिएका छन् ।