Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कृषि क्रान्तिको नारा दिने सरकारले भन्यो, 'समयमै मल उपलब्ध गराउन नसक्दा दुःखी छौँ'

कृषि क्रान्तिको नारा दिने सरकारले भन्यो, 'समयमै मल उपलब्ध गराउन नसक्दा दुःखी छौँ'

  • सोमवार, भाद्र १ २०७७

  • 1.3K
    SHARES

  • कृषि क्रान्तिको नारा दिने सरकारले भन्यो, 'समयमै मल उपलब्ध गराउन नसक्दा दुःखी छौँ'


    काठमाडौँ – सरकारले समयमै आपूर्ति गर्न नसक्दा मुलुकभरका किसानहरु रसायनिक मल नपाएर छटपटाइरहेका छन् । धान तथा मकै खेतीका लागि चाहिने युरिया मल नपाएपछि देशभरका किसानहरु समस्यामा परेका हुन्। मल अभावका कारण देशभरका किसानहरुसँगै आफू पनि समस्यामा परेको पूर्व कृषिमन्त्री तथा सत्तारुढ नेकपाका सांसद गौरीशंकर चौधरीले बताउनुभयो।

    आफू पनि किसान रहेका पूर्वमन्त्री चौधरीले मल अभावमा किसानहरु छट्पटाइरहेको तर आफूले केही गर्न नसकेको बताउनुभयो । सरकारका निकायले यो बेला मल उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि आफूलाई तारन्तार फोन गर्ने किसानहरुलाई पनि केही जवाफ दिन नसकेको उहाँको गुनासो छ।

    धान खेतीका लागि अहिले किसानहरुलाई युरिया मल अति आवश्यक हो । तर यहि बेला सरकारले मल उपलब्ध गराउन नसकेपछि किसानहरु निराश छन् । कृषि क्रान्तिको नारा लगाउने सरकारले किसानलाई मल समेत पु¥याउन नसकेपछि जनतामा चरम निराशा छाएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बताउनुभयो।

    कोरोना महामारीले पनि अब कृषि क्षेत्रको प्रवद्र्धन गर्नु पर्ने पाठ सिकाएका बेला सरारले मल समेत उपलब्ध गराउन नसक्नु मुलुकका लागि दूभाग्यजनक अवस्था रहेको उहाँको भनाई छ।

    यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गर्नुभएको छ 

    मल अभाव हने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थीतिका कारण समस्या भएको मन्त्रालयले जनाएको छ।

    ३२ हजार १९० मेट्रिक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी पनि गरेको छ।


    सोमवार, भाद्र १ २०७७०७:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij