Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखरामा मतगणना स्थगित

पोखरामा मतगणना स्थगित

  • मंगलवार, जेठ १० २०७९

  • 551
    SHARES

  • पोखरामा मतगणना स्थगित
     
    काठमाडौं - पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेका तर्फबाट प्रतिनिधि बस्न नमानेपछि स्थगित भएको छ ।
     
    मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।
     
    नेकपा एमालेले पोखरा १८ र  ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।
     
    वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।
     
    पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
     


    मंगलवार, जेठ १० २०७९०१:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij