Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनको अग्रता कायमै : दोस्रो स्थानका लागि सिर्जना र केशवबीच टक्कर

बालेनको अग्रता कायमै : दोस्रो स्थानका लागि सिर्जना र केशवबीच टक्कर

  • सोमवार, जेठ ९ २०७९

  • 947
    SHARES

  • बालेनको अग्रता कायमै  : दोस्रो स्थानका लागि सिर्जना र केशवबीच टक्कर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द 'बालेन' ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् ।

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् ।

    उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ ।

    अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।


    सोमवार, जेठ ९ २०७९१०:५४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij