Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसद अधिवेशन अन्त्यको प्रक्रिया अपुरो, राष्ट्रपति र प्रधानमन्त्री अफ्ट्यारोमा पर्न सक्ने

संसद अधिवेशन अन्त्यको प्रक्रिया अपुरो, राष्ट्रपति र प्रधानमन्त्री अफ्ट्यारोमा पर्न सक्ने

  • शुक्रवार, आषाढ १९ २०७७

  • 874
    SHARES

  • संसद अधिवेशन अन्त्यको प्रक्रिया अपुरो, राष्ट्रपति र प्रधानमन्त्री अफ्ट्यारोमा पर्न सक्ने

    काठमाडौं । सरकारले हिजो आकस्मीक रुपमा संसद अधिवेशन अन्त्य गर्न अपनाएको प्रक्रिया अपुरो भएको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेपनि प्रक्रिया भने पुरा नभएको पाइएको हो ।

    अधिवेशन अन्त्य गर्नु अघि सरकारले सभामुख र अन्य दलहरुसँग छलफल तथा परामर्श गर्नु पर्नेमा ओलीले त्यस्तो गरेको पाइएन ।
    त्यसैगरी संसद सञ्चालन सम्वन्धी नियमावलीमा संसद अधिवेशन अन्त्य भएको घोषणा सभामुखले प्रतिनिधि सभा बैठकमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

    तर २२ गतेका लागि बोलाइएको बैठक अगाडी नै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गरेपछि सभामुखले अधिवेशन अन्त्यको घोषणा गर्न पाउनु भएन ।

    सभामुखले संसदमा घोषणा गरी अधिवेशन अन्त्य गर्ने प्रक्रिया पुरा नुहुने भएकाले अधिवेशन अन्त्य भएको नमान्न पनि सकिने कानुनविद्हरु बताउछन् । यस बारेमा कसैले कानुनी उपचार खोजेमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली अफ्ट्यारोमा पर्न सक्ने उनीहरुको भनाई छ ।

    कुनै पनि प्रधानमन्त्रीलाई जन्माउने संसदले नै हो, तर अहिलेका प्रधानमन्त्री ओलीले भने संसदलाई नै अबमुल्यान गरेको देखिएको छ ।
    ओलीले संसदप्रति जवाफदेही, जिम्मेबारी, सम्मान र भरोसा गरी बेवास्ता र उपयोग मात्रै गरेको धेरैले आरोप लगाउने गरेका छन् ।

    संसद अधिवेशन अन्त्य गर्दा संसदलाई बेवास्ता गरेर आफुखुसी गरेको र प्रक्रिया पुरा नगरेकाले प्रधानमन्त्री ओलीको निधारमा कालो टिकाको रुपमा यो प्रकरण रहीरहने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको भनाई छ ।

    उहाँले भन्नुभयो, अहिलेको कदम कानुनसम्मत छैन, अधिवेशन अत्य प्रक्रिया पुरा भएको छैन, यो प्रधानमन्त्री ओलीको निधारको कालो धब्बा हो, सधै रहीरहन्छ ।

    संसदीय समितिहरुबाट अति महत्वका ५० भन्दा बढि विधेयकहरु संसदका लागि तयारी अवस्थामा रहेका र धेरै सार्वजनिक महत्वका तथा अति जरुरीका प्रस्तावहरु पनि संसद प्रवेशको पालो कुरी रहेका बेला विजनेस नभएकाले अधिवेशन अन्त्य गरिएको हो भन्नु झुट भएको श्रेष्ठको टिप्पणी छ ।

    आकस्मीक रुपमा संसद अधिवेशन अन्त्य गर्नुको पछाडी गलत नियत झल्कीने र प्रधानमन्त्री ओलीको नियतमा राष्ट्रपति भण्डारी दुधको साक्षी विरोलो जस्तो भएको उहाँले आरोप लगाउनुभयो ।


    शुक्रवार, आषाढ १९ २०७७०९:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij