Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

  • आइतवार, जेठ ८ २०७९

  • 418
    SHARES

  • परराष्ट्रमन्त्री खड्का र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।

    परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएको हो । यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष चलिरहेको छ । यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरू आइरहेका छन् ।


    आइतवार, जेठ ८ २०७९१२:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij