Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मत परिणामले कांग्रेस पूर्णरुपमा सन्तुष्ट हुने स्थिति छैन : नेता पौडेल

मत परिणामले कांग्रेस पूर्णरुपमा सन्तुष्ट हुने स्थिति छैन : नेता पौडेल

  • आइतवार, जेठ ८ २०७९

  • 493
    SHARES

  • मत परिणामले कांग्रेस पूर्णरुपमा सन्तुष्ट हुने स्थिति छैन : नेता  पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले स्थानीय तहको मत परिणामले पूर्णरुपमा सन्तुष्ट हुन सक्ने स्थिति नभएको बताएका छन् । 

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने,“स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५० प्रतिशतभन्दा बढी तहमा जित दर्ता गर्ने कोसिस गरेका थियौं, त्यसो हुन सकेन, मत परिणामले पूर्णरुपमा सन्तुष्ट हुन सक्ने स्थिति छैन्, त्यसमा पार्टीका केही त्रुटि रहे जसलाई हामी समीक्षा गरेर अघि बढ्छौ।”

    गठबन्धन गरेपनि काठमाडौं महानगरपालिका लगायत महत्वपूर्ण स्थान गुमाउँदै छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पौडेलले भने,“हो, निर्वाचनको मत परिणामअनुसार जनताले पार्टीलाई महत्वपूर्ण सन्देश दिन खोजेको देखिन्छ, कांग्रेसलाई मात्र नभएर अरु दललाई पनि, दलहरूलाई सचेत गराउन मतदाताले त्यसो गरेको बुझिन्छ, जनतासामु ठूला कुरा नगरेर व्यवहारिक विषय दलहरूले उठान गर्न जरुरी छ ।”

    नेता पौडेलले एमालेविरुद्ध नभएर केपी शर्मा ओलीको अहंकारिताविरुद्ध गठबन्धन बनेको दाबी गरेका छन् । 

     


    आइतवार, जेठ ८ २०७९०९:०६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij