काठमाडौं - भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् ।
७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल १०७२१ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३२८२९ मत लिएर अग्रता कायम गरेका छन् ।