Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकामा भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु

  • सोमवार, भाद्र १ २०७७

  • 776
    SHARES

  • अमेरिकामा भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको सिनसिटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

    स्थानीय समयअनुसार गएराति साँडे १२ बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।

    उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको त्यहाँका प्रहरीले बताएको छ । सिनसिटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयसँग आग्रह गरेका छन् ।


    सोमवार, भाद्र १ २०७७०२:५५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij