Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशसभाको बैठक भदौं ९ गतेसम्मका लागि स्थगित

गण्डकी प्रदेशसभाको बैठक भदौं ९ गतेसम्मका लागि स्थगित

  • सोमवार, भाद्र १ २०७७

  • 1.2K
    SHARES

  • गण्डकी प्रदेशसभाको बैठक भदौं ९ गतेसम्मका लागि स्थगित


    पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै हिजोको बैठक पनि स्थगित भएको थियो ।

    सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

    कोरोना महामारीका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटक–पटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गर्नुभएको थियो ।

    प्रतिपक्षले उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भई सकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए ।

    सभामुख अधिकारीले पटक–पटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दा समेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले बैठक स्थगित भएको घोषणा गनुभएको हो ।

    प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिनको १ बजे बस्नेछ ।


    सोमवार, भाद्र १ २०७७०२:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij