Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालयद्धारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

नेकपा सचिवालयद्धारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

  • सोमवार, भाद्र १ २०७७

  • 714
    SHARES

  • नेकपा सचिवालयद्धारा अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो ।

    तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएपछि आज सचिवालय बैठक मार्फत वैधानिकता प्रदान गरिएको हो ।

    सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

    असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्छ भनेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    यसअघि पटक–पटक ओली र प्रचण्ड–माधव नेपाल पक्षबीच छलफल भएपनि सहमतिको विन्दु नभेटिएपछि कार्यदल बनाइएको हो । कार्यदलमाथि नै वरिष्ठ नेताद्धय नपाल, खनाल र प्रवक्ता श्रेष्ठले प्रश्न उठाएपछि कार्यदललाई प्रष्ट कार्यादेश दिन सचिवालय बैठक बोलाइएको हो ।

     


    सोमवार, भाद्र १ २०७७११:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij