Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाले गाड्यो झन्डा

केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाले गाड्यो झन्डा

  • शुक्रवार, जेठ ६ २०७९

  • 744
    SHARES

  • केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाले गाड्यो झन्डा

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमारी अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए ।

    पूर्व नगर प्रमुख समेत रहेका थापाले १७ हजार ५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६ हजार ९६६ मत पाइन्।

    चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । चुनावी परिणामपछि माओवादीका नगर अध्यक्ष तीर्थराज बस्नेतले आफूहरू मिलेर लामो समयदेखिको एमालेको एकाधिकार खोसेको प्रतिक्रिया दिए ।

    उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन्। उनले १७ हजार ७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६ हजार ५७४ मत पाए ।


    शुक्रवार, जेठ ६ २०७९११:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij