Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

  • सोमवार, भाद्र १ २०७७

  • 667
    SHARES

  • नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ ।

    बिहान ९ बजेबाट सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको छ । ३ साउन पछि आज सचिवालय बैठक सुरु भएको हो ।

    बैठकमा पार्टी भित्रको विवाद कसरी समाधान गर्ने विषयमा छलफल भइराखेको एक सदस्यले जानकारी दिनुभयो । आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने भएको छ ।

    पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहनु भएको छ ।

    उक्त कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो।

     


    सोमवार, भाद्र १ २०७७११:०५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij